advertisement

राष्ट्रियसभाले आफ्नो गरिमा र समावेशिताको सिद्धान्तअनुसार काम गर्न नसकेको बताउँदै चुहाव हारेकाहरुलाई थन्क्याउने थलो बनाउनुभन्दा यसलाई खारेज गरेकी राम्रो हुने बताए ।

उनले भने, प्रतिनिधिसभाको साढे तीन सयभन्दा बढिको संख्या घटाएर बढिमा १५०, नभए ११५ सम्म बनाउँदा ठिक हुने बताएबो गछ । प्रदेशहरुले पनि काम गर्न नसकेकाले यसलाई राखिरहनुको औंचित्य नरहेको बताउँदै उनले यसलाई पनि खारेज गर्नुपर्ने तर्क गरेका छन् । कोरोना भाइरस महामारीबाटै पनि प्रदेशहरु काम छैन भन्ने पुष्टि भएको केसीले बताए ।

यति गर्न सकियो भने विकास र जनहितका लागि प्रशस्त्र पैसा आउने बताउँदै यति ठूलो संरचना दलका नेताहरुका नातागोता, भाइभजिता, स्वास्नी, छोरी, बुहारीका लागि दुरुपयोग गरेकाले यो आवश्यक नरहेको जनाएको छद। प्रदेश बनाउने बित्तिकै ठूलो प्रादेशिक संरचना चाहिने, त्यसका नाममा राज्यको ठूलो धनराशी खर्च हुने भन्दै उनले भने, त्यसका लागि प्रादेशिक योजना चाहियो, प्रादेशिक प्रहरी चाहियो, अरु संरचनाहरु चाहिए, अनि हामीले कसरी धान्ने ? भनेर प्रश्न गरेका छन् ।

" /> उन्नती गर्ने भए राष्ट्रियसभा र प्रदेशसभाहरु खारेज गरौं, प्रतिनिधिसभा ११५ सदस्यीय बनाऔं : डा. केसी - Sarbocha Media

उन्नती गर्ने भए राष्ट्रियसभा र प्रदेशसभाहरु खारेज गरौं, प्रतिनिधिसभा ११५ सदस्यीय बनाऔं : डा. केसी

`

     २०७७ कार्तिक ०५ गते ८:०४

काठमाडौं, ५ कात्तिक । राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले राष्ट्रियभा र प्रदेशसभाहरु खारेज गर्नुपर्ने प्रस्तावलाई अघि बढाएका छन् । देशको विकास र जनताको शिक्षा, स्वास्थ्य र सामाजिक हितका लागि गर्नुपर्ने ठूलो खर्च नेताहरुका आसेपासे र नातागोताका लागि पोस्नेगरी बनाइएका संरचनामा खर्च भइरहेको भन्दै यस्ता फजुल संरचनाहरु खारेज गर्नुको विकल्प नरहेको बताएका छन् ।

advertisement

राष्ट्रियसभाले आफ्नो गरिमा र समावेशिताको सिद्धान्तअनुसार काम गर्न नसकेको बताउँदै चुहाव हारेकाहरुलाई थन्क्याउने थलो बनाउनुभन्दा यसलाई खारेज गरेकी राम्रो हुने बताए ।

उनले भने, प्रतिनिधिसभाको साढे तीन सयभन्दा बढिको संख्या घटाएर बढिमा १५०, नभए ११५ सम्म बनाउँदा ठिक हुने बताएबो गछ । प्रदेशहरुले पनि काम गर्न नसकेकाले यसलाई राखिरहनुको औंचित्य नरहेको बताउँदै उनले यसलाई पनि खारेज गर्नुपर्ने तर्क गरेका छन् । कोरोना भाइरस महामारीबाटै पनि प्रदेशहरु काम छैन भन्ने पुष्टि भएको केसीले बताए ।

यति गर्न सकियो भने विकास र जनहितका लागि प्रशस्त्र पैसा आउने बताउँदै यति ठूलो संरचना दलका नेताहरुका नातागोता, भाइभजिता, स्वास्नी, छोरी, बुहारीका लागि दुरुपयोग गरेकाले यो आवश्यक नरहेको जनाएको छद। प्रदेश बनाउने बित्तिकै ठूलो प्रादेशिक संरचना चाहिने, त्यसका नाममा राज्यको ठूलो धनराशी खर्च हुने भन्दै उनले भने, त्यसका लागि प्रादेशिक योजना चाहियो, प्रादेशिक प्रहरी चाहियो, अरु संरचनाहरु चाहिए, अनि हामीले कसरी धान्ने ? भनेर प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?