advertisement

भाइरस देखा परेका व्यक्तिलाई भने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघनको निगरानीमा राखेर विस्तृत अध्ययनहरु गरिरहेको बताइएको छ । उनलाई के कसरी सो भाइरस संक्रमण भयो भन्नेबारेमा पनि अध्ययन भइरहेको महाशाखाको भनाइ छ ।

" /> नेपालमा पनि कोरोना भाइरसको संक्रमण - Sarbocha Media

नेपालमा पनि कोरोना भाइरसको संक्रमण

`

     २०७६ माघ १० गते २:१६

काठमाडौं, १० माघ । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई संक्रमणको पुष्टी भएक जनाएको छ । चीनमा अध्यायन गरेर भर्खरै नेपाल फर्किएका ३२ बर्षीय एक युवकमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस प्रभावित युवक चीनको युवान क्षेत्रमा अध्ययन गरेर भर्खरै नेपाल आएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार उनको नेपालमा प्रारम्भिक जाँच मात्रै गरिएकाले उक्त रिपोर्ट भाइरस प्रमाणित गराउन (डब्लुएचओ कोलाबोराटिङ सेन्टर) हङकङ पठाइएको छ ।

advertisement

भाइरस देखा परेका व्यक्तिलाई भने इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघनको निगरानीमा राखेर विस्तृत अध्ययनहरु गरिरहेको बताइएको छ । उनलाई के कसरी सो भाइरस संक्रमण भयो भन्नेबारेमा पनि अध्ययन भइरहेको महाशाखाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?