advertisement

भारतीय सेनाका अनुसार चिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ।पिएलएबाट आफ्ना हराएका सैनिकलाई छाड्न समेत आग्रह आइसकेको भारतीय सेनाले जनाएको छ। भारत र चीनबीचको प्रोटोकलका अनुसार ती औपचारिक कामपछि चिनियाँ सैनिकलाई फिर्ता गरिनेछ।

गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो। त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए। त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटक/पटक वार्ता हुँदै आएको छ।

" /> लद्दाखमा भारतीय सैनिकद्वारा एक चिनियाँ सैनिक पक्राउ - Sarbocha Media

लद्दाखमा भारतीय सैनिकद्वारा एक चिनियाँ सैनिक पक्राउ

`

     २०७७ कार्तिक ०३ गते १२:४९

एजेन्सी, ३ कात्तिक । भारतीय सेनाले लद्दाखबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान लद्दाखको दिमचोक एरियाबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक रिपोर्टहरूका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति पिपल्स लिबरेसन आर्मी (पिएलए) अमल्दार वाङ या लोङ थिए।उनीबाट सैन्य कागजातहरू बरामद गरिएको थियो। उनी पिएलएका बन्दुक मर्मत गर्ने सैनिक हुन्। भारतीय सेनाले ती चिनियाँ सैनिक जासुसी गर्न आए/नआएको बारेमा अनुसन्धान गरिरहेको इन्डिया टुडेले जनाएको छ।

advertisement

भारतीय सेनाका अनुसार चिनियाँ सैनिक लोङलाई आवश्यकता अनुसार अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ।पिएलएबाट आफ्ना हराएका सैनिकलाई छाड्न समेत आग्रह आइसकेको भारतीय सेनाले जनाएको छ। भारत र चीनबीचको प्रोटोकलका अनुसार ती औपचारिक कामपछि चिनियाँ सैनिकलाई फिर्ता गरिनेछ।

गत जुन १५ गते लद्दाखको गल्वान भ्यालीमा भारत र चीनका सैनिकहरूबीच झडप भएको थियो। त्यस झडपमा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाले ज्यान समेत गुमाएका थिए। त्यसपछि बढेको तनावलाई नियन्त्रणमा लिन दुई देशबीच पटक/पटक वार्ता हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?