advertisement

नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दसैं भत्तावापतको रकम कट्टी गर्न रावलले माग गरेका छन्। यसअघि आजै बिहान ट्वीट गर्दै कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका थिए।

कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि सांसदसमेत रहेका रावलले भत्ता नलिने व्यवस्था गर्न माग गरेका हुन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।‘ सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ।

‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ उनले भनेका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्ने पनि रावलले बताएका छन्।

संघीय संसदले बनाएको कानुनमा दसैं भत्ता दिने व्यवस्था छैन।

" /> भीम रावलको संसद सचिवालयलाई पत्र- मेरो दसैं भत्ता फिर्ता लैजानू - Sarbocha Media

भीम रावलको संसद सचिवालयलाई पत्र- मेरो दसैं भत्ता फिर्ता लैजानू

`

     २०७७ कार्तिक ०२ गते ९:१४

काठमाडौं, २ कात्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद भीम रावलले आफूलाई दिइएको दसैं भत्ता फिर्ता लैजान संघीय संसद सचिवालयलाई पत्र पठाएका छन्।

संसदका महासचिवलाई आइतबार पत्र पठाउँदै सांसद रावलले दसैं भत्ता फिर्ता गर्ने व्यवस्था गर्न आग्रह गर्दै पत्र पठाएका हुन्।कोरोना महामारीका बेला सांसदहरूले दसैं भत्ता लिन नहुने रावलको भनाइ छ।

खातामा पठाइसकेको रकम संसद सचिवालयले फिर्ता लिन असहज भए आफूले उक्त भत्तावापतको रकमको चेकसमेत उपलब्ध गराउने सांसद रावलले उक्त पत्रमा उल्लेख गरेका छन्।

advertisement

नभए आफ्नो आगामी महिनाको पारिश्रमिकबाट दसैं भत्तावापतको रकम कट्टी गर्न रावलले माग गरेका छन्। यसअघि आजै बिहान ट्वीट गर्दै कुनै पनि जनप्रतिनिधिलाई दसैं भत्ता नलिने व्यवस्था गर्न माग गरेका थिए।

कोरोना महामारीमा पनि सांसदहरूले दसैं भत्ता बुझेको खबर सार्वजनिक भएपछि सांसदसमेत रहेका रावलले भत्ता नलिने व्यवस्था गर्न माग गरेका हुन्।

‘खातामा भत्ताको रकम राखिएको थाहा पाइयो,’ रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस्।‘ सांसदहरूले दसैं भत्ता लिन नहुने उनको भनाइ छ।

‘सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ। मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ,’ उनले भनेका छन्। दसैं भत्ताको रकम नलिन कुनै कानुन संशोधन गर्न वा नयाँ कानुन बनाउनुपर्ने पनि रावलले बताएका छन्।

संघीय संसदले बनाएको कानुनमा दसैं भत्ता दिने व्यवस्था छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?