advertisement

प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो।

" /> कैलालीमा ड्युटीमा खटिएका एक असईको शव घाँटी रेटिएको अवस्थामा फेला - Sarbocha Media

कैलालीमा ड्युटीमा खटिएका एक असईको शव घाँटी रेटिएको अवस्थामा फेला

`

     २०७७ कार्तिक ०२ गते ७:१२

धनगढी,२ कात्तिक । कैलालीमा ड्युटीमा खटिएका एक असईको शव खोलामा फेला परेको छ। अर्का प्रहरी जवान बेपत्ता छन्।

राति ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट नियमित गस्तीमा गएका असई गोविन्द बिकको शव धनगढी उपमहानगरपालिका – ११ को मोहना खोलामा भेटिएको बताइएको छ। घाँटी रेटिएको र खुट्टामा पनि चोट लागेको अवस्थामा उनको शव भेटिएको छ।

advertisement

प्रहरी जवान रामबहादुर साउद बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ। ड्युटी सकेर फर्किने समयमा पनि नआएपछि राति नै उनीहरूको खोजी थालिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?