काठमाडौं १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा पत्र बुझाएका छन् । प्याकुलले राष्ट्रपतिसमक्ष राजीनामा बुझाए पनि स्वीकृत भइसकेको छैन ।

शुक्रबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका प्याकुरेल ०७४ मा भण्डारीको सल्लाहरकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा पनि उनी दुई वर्ष सल्लाहकारको जिम्मेवारीमा थिए ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारका रुपमा अग्नि सापकोटालाई अगाडि सारेपछि उनीले राजीनामा दिएका हुन् ।




