नवलपुर, १० माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बोलेका छन् । उनले शुक्रबार नवलपुरमा पार्टी नेता कार्यकर्तालाई सम्बोधन गर्दै (एमसीसी) धेरै पहिले सुरु भएको बताएका छन्
प्रचण्डले धेरै पहिले सुरु भएको भए पनि अमेरिकाले दक्षिण एसियामा इण्डो प्यासिफिक सैन्य रणनीति अगाडि बढाएपछि विवाद भएको बताका हुन् ।

प्रचण्डले यसबारे पार्टीमा पर्याप्त छलफल भएको भन्दै राष्ट्रिय हित अनुकुल हुने गरी जरुरी पर्दा अमेरिकासँग पुनः सम्वाद गरेर सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्न उचित हुन्छ भन्ने स्पिरिटमा निर्णय गरेको बताए ।
सचिवालयमा छलफल गरेर राष्ट्रिय हितलाई सर्वोपारी राखेर मात्र (एमसीसी)लाई अगाडि बढाउने प्रचण्डले बताए ।




