काठमाडौं, २७ असोज । डीडीसीमा झण्डै दुई लाख किलो बटरमा उपभोग्य मिति सकिएको फेला परेको छ ।
सुजल डेरी पोखराबाट डीडीसीले खरिद गरेको उक्त बटरमा उपभोग्य मिति सकिएको फेला परेको हो ।
काठमाडौं महानगरपालिका अन्र्तगतको उपभोक्ता हित संरक्षण समितिले मंगलबार गरेको बजार अनुगमनमा एक लाख ९४ हजार किलो ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको जनाएको छ।
‘दूग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टको चार वटा गोदाममा रहेको एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको छ ।

बटरको प्याकिङमा उत्पादित मितिले आठ महिनाअघिनै उपभोग गरिसक्नुपर्नेमा हाल पनि गोदामका अधिकाशं बटरमा सो मिति रहेको बताइको छ ।




