काठमाडौं, २६ असोज । लोक सेवा आयोगले परीक्षार्थीमा कोरोना संक्रमण भएको भए परीक्षा केन्द्र प्रवेश गर्न नदिने मापदण्ड ल्याएको छ।
परीक्षार्थीमा कोरोना संक्रमण भए वा नभएको आफैले घोषणा गर्नु पर्ने जनाइएको छ । संक्रमित परीक्षार्थीलाई केन्द्रमा प्रवेश गर्न नदिइने मापदण्डको ८ नम्बर विविध अन्तर्गत यस्तो व्यवस्था उल्लेख गरिएको छ।

सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि यस्तो मापदण्ड बनाइएको जनाइएको छ।




