काठमाडौं, २५ असोज । संघीय सरकारका शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि उनको कोरोना परीक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ आएको मन्त्रीको सचिवालयले जनाएको छ। उनले भने, ‘अहिले उहाँ उपचारमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’

मन्त्रीको सचिवालयले उनको सम्पर्कमा रहेकाहरुलाई सचेत रहन र आवश्यक परे कोरोना परीक्षण गराउन भनेको छ ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई संक्रमण पुष्टि भएको थियो ।




