काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईको कोभिड –१९ को सङ्क्रमणबाट आज (शुक्रबार) निधन भएको छ । काठमाडौंँको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि खनुपरुदेलाई छ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । विसं २०४८ को आठौंं महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनी विसं २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापति समेत भए ।
विसं १९७८ माघ १५ गते जन्मिएका उनी पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो । विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाई निर्वासनबाट स्वदेश फर्किएका थिए ।

विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बने । त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उनी पराजित भएका थिए । कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उनले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे ।
उनका पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतीमा छन् । कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए ।
उनको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन् । ‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उनी जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो’, कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा ।’




