advertisement

चीनसँगका सीमा स्तम्भ दुर्गम र हाइ अल्टिच्युडमा रहेका कारण तिरन्तर अनुगमन गर्न पर्ने उनको भनाइ थियो । यसका लागि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई सीमासम्बन्धी जानकारी अद्यावधिक गराउनका लागि कार्ययोजना बनाएको छ ।

यस्तै मन्त्री ज्ञवालीले दुई विद्युत गृहको आज स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेंसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत गृहको अवलोकन गरेका हुन् ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

उनले यसै गरी गल्छी– रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेंसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

" /> नेपाल–चीनबीच सीमामा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली - Sarbocha Media

नेपाल–चीनबीच सीमामा समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली

`

     २०७७ आश्विन २३ गते ८:१८

रसुवा, २३ असोज । परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा समस्या नरहेको बताएका छन् ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीसहित नाकामा बनिरहेका पूर्वाधारको अवलोकनका लागि रसुवा आएका उनले भारतसँग जोडिएका सीमामा केही समस्या रहेता पनि चीनसँगको नाकामा समस्या नरहेको बताएका हुन् ।

नेपाल भारत सीमा अनुगमन समिति र नेपाल चीन सीमा अनुगमन समिति बनाएर सीमाको अध्ययन प्रक्रिया अघि बढाएकोमा नेपाल भारतबीचको सीमाको अध्ययन सकिएको छ । नेपाल र भारत बीचको सीमाको अध्ययन सकिएपश्चात व्यवस्थित ढंगले प्रतिवदेन तयारी पारिएको उनको भनाइ छ । अध्ययन अनुसार दुई देश बीच रहेका सीमामा केही समस्या देखिएको छ ।

यसैगरी कोभिड–१९ र मौसमको प्रतिकुलताको कारण चीनसँगको सीमा अनुगमनको काम हुन नसकेको उनले बताए । नेपाल चीनबीच भएका सीमास्तम्भमा कोर्डिनेट राखिएकाले भत्काउने र सार्ने सम्भावना नरहेकाले पनि सीमा समस्या नभएको उनको भनाइ छ ।

advertisement

चीनसँगका सीमा स्तम्भ दुर्गम र हाइ अल्टिच्युडमा रहेका कारण तिरन्तर अनुगमन गर्न पर्ने उनको भनाइ थियो । यसका लागि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई सीमासम्बन्धी जानकारी अद्यावधिक गराउनका लागि कार्ययोजना बनाएको छ ।

यस्तै मन्त्री ज्ञवालीले दुई विद्युत गृहको आज स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी सीमा क्षेत्रको भ्रमण गर्ने सिलसिलामा मन्त्री ज्ञवालीले स्याफ्रुबेंसीस्थित २२ मेगावाट क्षमताको चिलिमे एवं रसुवा र नुवाकोट जिल्लाको आधार इलाकामा गत वर्ष निर्मित ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ विद्युत गृहको अवलोकन गरेका हुन् ।

विसं २०६० देखि उत्पादन शुरू भएको चिलिमे एवं गत वर्षदेखि उत्पादित माथिल्लो त्रिशूली १ विद्युत्गृहको अवलोकन गर्दै उत्पादनका बारेमा नेपाल सरकारका प्रवक्ताले जानकारी लिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

उनले यसै गरी गल्छी– रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने स्याफ्रुबेंसी, मैलुङ र वेत्रावती खण्डमा पर्ने मार्गको समेत स्थलगत निरीक्षण गरेका थिए ।

भारी वर्षाका कारण अवरूद्व स्याफ्रु – मैलुङखण्डको राजमार्ग मङ्गलबार साँझदेखि सञ्चालनमा आएपछि नदी किनारबाट रसुवागढी जान सहज भएको सुरक्षा निकायले बताएको छ । दुई दिनको रसुवा भ्रमणपछि मन्त्री ज्ञवाली राजधानी प्रस्थान गरेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?