advertisement

उनले मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा कार्यक्रम बोल्दै प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी मानव अधिकारको पर्याय नै भएको बताउनु भएको छ । । ठूला–ठूला विश्व युद्ध र नर संहार पुँजीपतिले नै गराएको उहाँले बताउनुभयो ।पहिलो र दोस्रो विश्वयुद्ध पुँजीवादीका बीचमा भएको उनले प्रष्ट पार्नु भएको छ ।

समाजवादी सधै मानवताको पक्षमा रहेको उनको भनाइ छ । वर्तमान सरकारले मानव अधिकारको पक्षमा प्रतिबद्धता अनुसार काम गरिरहेको उहाँले बताउनु भयो।संविधान घोषणाको समयमा समेत कम्युनिष्ट पार्टीले मानव अधिकारलाई प्राथमिकतामा राखेको बताएको छ ।

उनले मानव अधिकारको घोषणलाई कार्यान्वयन गर्ने अवसर र चुनौती दुवै नेकपा नेतृत्वको सरकारलाई रहेको बताउनु भयो। अहिले पनि मानव अधिकार विरुद्धका गतिविधि नरोकिएकाले यो चुनौतीको विषय रहेको बताउनु भयो। मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गरेर ।

उनले भने, मात्र यसमा सफलता प्राप्त गर्न सकिने छ। वर्तमान सरकार सबै खालका असमानता र भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका निम्ति निरन्तर लागिरहेको पनि प्रष्ट पार्नुभयो। यो मानव अधिकार रक्षाका लागि ठूलो काम रहेको बताउनु भयो ।

प्रचण्डले भने, कोरोना नियन्त्रणका लागि सरकार निरन्तर लागि रहेको भए पनि रोग नियन्त्रणमा ल्याउन सकिरहेको छैन । निकट भविष्यमा नै खोप आएर रोग नियन्त्रणमा ल्याउने आशा छ भन्ने बताएका छन। कोरोनाको कारण बेरोजगारी बढेको बताउँदै उनले यो देशका लागि चुनौती र अवसर दुवै भएको प्रष्ट पारेका छन।

कोरोना महामारीबीच महिला हिंसाका घटना बढ्नु दुःखद कुरा भएको उनकको टिप्पणी छ। यसको नियन्त्रणको लागि सबै कठोर भएर लाग्नु पर्ने उनको सुझाव छ।

अहिले पार्टी एकतालाई पूर्ण बनाउने अभियानमा नेकपा लागेको पनि जानकारी दिनुभयो। उनले यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।

" /> कम्युनिष्टलाई कसैले मानव अधिकार सिकाउनु पर्दैन : प्रचण्ड - Sarbocha Media

कम्युनिष्टलाई कसैले मानव अधिकार सिकाउनु पर्दैन : प्रचण्ड

`

     २०७७ आश्विन २३ गते ७:२६

काठमाडौं, २३ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव अधिकार गैह्र कम्युनिष्टको मात्र पेवा नभएको बताएका छन्। यथार्थमा कम्युनिष्ट नै मानव अधिकारको पक्षमा गम्भीर हुन्छन् भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो। माननव अधिकारको मान्यतालाई व्यवहारमा उतार्न तत्पर शक्ति भनेको बामपन्थी शक्ति भएको कुरा विश्वमा स्थापित भएको उनले बताए ।

advertisement

उनले मानव अधिकार तथा सामाजिक अभियान नेपालको घोषणा कार्यक्रम बोल्दै प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टी मानव अधिकारको पर्याय नै भएको बताउनु भएको छ । । ठूला–ठूला विश्व युद्ध र नर संहार पुँजीपतिले नै गराएको उहाँले बताउनुभयो ।पहिलो र दोस्रो विश्वयुद्ध पुँजीवादीका बीचमा भएको उनले प्रष्ट पार्नु भएको छ ।

समाजवादी सधै मानवताको पक्षमा रहेको उनको भनाइ छ । वर्तमान सरकारले मानव अधिकारको पक्षमा प्रतिबद्धता अनुसार काम गरिरहेको उहाँले बताउनु भयो।संविधान घोषणाको समयमा समेत कम्युनिष्ट पार्टीले मानव अधिकारलाई प्राथमिकतामा राखेको बताएको छ ।

उनले मानव अधिकारको घोषणलाई कार्यान्वयन गर्ने अवसर र चुनौती दुवै नेकपा नेतृत्वको सरकारलाई रहेको बताउनु भयो। अहिले पनि मानव अधिकार विरुद्धका गतिविधि नरोकिएकाले यो चुनौतीको विषय रहेको बताउनु भयो। मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाबीच सहकार्य गरेर ।

उनले भने, मात्र यसमा सफलता प्राप्त गर्न सकिने छ। वर्तमान सरकार सबै खालका असमानता र भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका निम्ति निरन्तर लागिरहेको पनि प्रष्ट पार्नुभयो। यो मानव अधिकार रक्षाका लागि ठूलो काम रहेको बताउनु भयो ।

प्रचण्डले भने, कोरोना नियन्त्रणका लागि सरकार निरन्तर लागि रहेको भए पनि रोग नियन्त्रणमा ल्याउन सकिरहेको छैन । निकट भविष्यमा नै खोप आएर रोग नियन्त्रणमा ल्याउने आशा छ भन्ने बताएका छन। कोरोनाको कारण बेरोजगारी बढेको बताउँदै उनले यो देशका लागि चुनौती र अवसर दुवै भएको प्रष्ट पारेका छन।

कोरोना महामारीबीच महिला हिंसाका घटना बढ्नु दुःखद कुरा भएको उनकको टिप्पणी छ। यसको नियन्त्रणको लागि सबै कठोर भएर लाग्नु पर्ने उनको सुझाव छ।

अहिले पार्टी एकतालाई पूर्ण बनाउने अभियानमा नेकपा लागेको पनि जानकारी दिनुभयो। उनले यसलाई सफल पार्न सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?