काठमाडौं, २२ असोज । सरकार र आमरण अनशनरत डा. गोविन्द केसी पक्षबीच आज अपराह्न चार बजेपछि वार्ता गर्ने तयारी भएको छ ।
डा. केसीको तर्फबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले आज सरकारी टोलीसँग वार्ता हुने बताएका हुन्।
सरकारले बुधबार डा. केसीले आमरण अनशन सुरु गरेको २४ औं दिनमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।




