काठमाडौ, २१ असोज । काठमाडौं उपत्यकामा थप एक हजार छ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।




