वीरगञ्ज, २१ असोज । अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिनेहरु चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलहरु रहेका छन् ।
डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनशन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको प्रदर्शनकारीहरु बताउँछन् ।




