advertisement

यसबारे खोजी र अनुसन्धान सुरु भएको बताइएको छ ।

" /> सल्यानको जङ्गलमा अन्दाजी १ वर्षको बालक फेला, आमाले राति नै जङ्गलमा छाडेको हुन सक्ने - Sarbocha Media

सल्यानको जङ्गलमा अन्दाजी १ वर्षको बालक फेला, आमाले राति नै जङ्गलमा छाडेको हुन सक्ने

`

     २०७७ आश्विन १९ गते ४:५४

सल्यान, १९ असोज । सल्यानको जङ्गलमा अन्दाजी १ वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्।

जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ स्थित माझी पौवाको छहारा नजिक सालघारीमा सोमबार बिहान बालक फेला परेका हुन् । अहिले ती बालकलाई प्रहरी र जनप्रतिनिधिको रोहबरमा जिल्ला अस्पताल खलंगामा लगिएको जनाइएको छ ।

बालक भेटिएको स्थाननजिकै बालकको कपडा र एउटा झोलासमेत फेला परेको प्रहरिले बताएको छ । आमाले बालकलाई राति नै जङ्गलमा छाडेको हुन सक्ने अनुमान गरिएको छ ।

advertisement

यसबारे खोजी र अनुसन्धान सुरु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?