काठमाडौं, १७ असोज । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
केसीको १९ औँ अनशनको आज २० दिन पूरा भएको छ । उनको स्वास्थ्य विग्रिदै जाँदा पनि सरकार गम्भीर नभएको भन्दै डा केसी पक्षधरहरूले टिप्पणी गरिरहेका छन् ।

केसीलाई छाती, मांसपेशी दुख्ने र रिँगटा लाग्ने समस्याले धेरै कमजोर पारेको बताइएको छ ।




