एजेन्सी, १७ असोज । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ।
शुक्रबार भाइरसको संक्रमण पुष्टि भएको उनलाई उपचारका लागि बेथेस्डा, मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।

ट्रम्प उपचारका लागि सैनिक अस्पताल लान ह्वाइट हाउसमा आएको हेलिकप्टरतर्फ विस्तारै हिँडेर गएका थिए।




