advertisement

२१ हजार २३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ७६० जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ७३९ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३ हजार ३०७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। यो प्रतिशत हो।

आइसीयूमा २१० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५२० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

" /> काठमाडौं उपत्यकामा एकैदिन १६ सय ३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु - Sarbocha Media

काठमाडौं उपत्यकामा एकैदिन १६ सय ३८ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

`

     २०७७ आश्विन १६ गते १०:५२

काठमाडौं, १६ असाेज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु र १६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ।

काठमाडौंका १ हजार २८० , भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौंमा ६७ वर्षीया महिला, भक्तपुरमा ६१ र ५१ वर्षीया महिला र ललितपुरमा ३२ र ७० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ८२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

advertisement

२१ हजार २३४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् भने होम आइसोलेसनमा ११ हजार ७६० जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ७३९ नमूनाको पीसीआर परीक्षण भएको छ। शुक्रबार ३ हजार ३०७ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। यो प्रतिशत हो।

आइसीयूमा २१० र भेन्टिलेटरमा २९ जनाको उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ५२० जनाको मृत्यु भएको छ। शुक्रबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?