काठमाडौं, १५ असोज। साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले बलात्कारीविरुद्ध कडाभन्दा कडा कानुन बनाउन आवश्यक रहेको बताउनु भएका छन् ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एसिड आक्रमणकारीका विरूद्धजस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानुन बनाउ नै आवश्यकता औंल्याएका हुन् । पछिल्लो समय देशमा बढ्दै गएका बलात्कारका घटना र बलात्कारका विषयमा गृहमन्त्री रामबहादुर थापाले दिएको अभिव्यक्तितर्फ संकेत गर्दै संयोजक मिश्रले यस्तो बतानु भएका हुन् ।
मिश्रले हत्याराहरु बलात्कृतको र बलात्कारीहरु हत्या हुनेको पीडा महसुस गर्न नसक्ने भन्दै ती दुबै एकै भएको र कहाँ के बोल्ने भन्ने कुरा उनीहरुलाई थाहा नभएको बताउनु भयो ।
उनले टुइटरमा यस्तो लेखेका छन्,’हत्याराहरू बलात्कृतको पीडा र बलात्कारीहरू हत्या हुनेको पीडा महशुस गर्न सक्दैनन्। दुबै एकै हुन्। त्यसैले तिनलाई कहाँ के बोल्ने थाहा हुँदैन। एसिड आक्रमणकारीका विरूद्ध जस्तै बलात्कारीका विरूद्ध पनि कडाभन्दा कडा कानून बनाउनै पर्छ।’




