advertisement

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए । उनलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ।

" /> सरकारको मुख्य सचिवमा वैरागी, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत बने - Sarbocha Media

सरकारको मुख्य सचिवमा वैरागी, खतिवडा अमेरिकाको र रेग्मी बेलायतको राजदूत बने

`

     २०७७ आश्विन १५ गते ७:१३

काठमाडौं, १५ असोज । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा अमेरिकाका लागि नेपालको राजदूतमा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको जनाएको छ।

advertisement

३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताअघि नै राजीनामा दिएका थिए । उनलाई बेलायतको राजदूत नियुक्त गर्न मन्त्रिपरिषदले सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?