advertisement

जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।

" /> रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग - Sarbocha Media

रेल्वे कम्पनीद्वारा १ सय २९ कर्मचारी माग

`

     २०७७ आश्विन १४ गते ९:२६

काठमाडौं, १४ असोज । नेपाल रेल्वे कम्पनीमा जागिरका लागि ३२ हजारले आवेदन दिएका छन् । १ सय २९ कर्मचारी आवश्यक रहेकोमा असोज १२ सम्म ३२ हजारले आवेदन दिएको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईले जनाएका छन् ।

नेपाल रेल्वे कम्पनीले शाखा अधिकृत, कानुन अधिकृत, स्टेसन मास्टर, सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, क्यासियर, टिकट बिक्रेता सहायक, अमिन, रेल गार्ड, फोर म्यानलगायत २९ पदमा करारमा कर्मचारी माग गरेको थियो ।

advertisement

जनकपुर जयनगर रेलममार्ग तथा रेलगाडीको तयारीपछि रेल्वे कम्पनीले आवश्यक कर्मचारी भर्ना गर्न लागेको हो । महाप्रवन्धक भट्टराईले पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिष्ट प्रकाशन गर्ने, दोश्रो चरणमा अन्तरवार्तापछि अन्तिम नामावली प्रकाशन गर्ने जनाएका छन् । उनले नातागोता, सोर्सफोर्स, चीनजानका आधारमा छनौट नगरिने दावी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?