advertisement

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेतृ कोइरालाले यस कुराको टिप्पणी गरेकी हुन् ।

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि प्रधानमन्त्री ओली शक्तिशाली भएको बताईन् । प्रधानमन्त्री ओली बलियो हुनुको कारण भने आफूनिकट नेता / कार्यकर्ताहरुलाई संरक्षण गर्नु नै भएको पनि उनको भनाइ छ ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै असफल भएको दाबी गरिन् । कोइरालाले भनेकी छिन्, ‘उहाँहरु टेष्टेड भैसक्नुभयो ।’

पार्टी सभापतिविरुद्ध वरिष्ठ नेता पौडेल समूहले तयार पारेको विरोध पत्रमा आफूले पनि हस्ताक्षर गरेको स्विकार्दै उनले त्यो गरेर आफूले गलत गरेको स्विकारिन् ।

कोइरालाले भनेकी छिन्, ‘सभापतिविरुद्ध यसरी पत्र दर्ता गराउनु गलत भयो । मैले हस्ताक्षर त गरें । तर, मेरो यसमा असन्तुष्टि छ ।’

" /> गिरिजाबाबुपछि ओली नै ‘स्ट्रोङ प्राईममिनिस्टर’ : सुजाता कोइराला - Sarbocha Media

गिरिजाबाबुपछि ओली नै ‘स्ट्रोङ प्राईममिनिस्टर’ : सुजाता कोइराला

`

     २०७७ आश्विन १२ गते १२:५८

काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व पराष्ट्रमन्त्री सुजाता कोइरालाले गिरिप्रसाद कोइरालापछि नेपालमा स्ट्रोङ प्राइममिनिष्टर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भएको टिप्पणी गरेकी छिन् ।

advertisement

आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेतृ कोइरालाले यस कुराको टिप्पणी गरेकी हुन् ।

उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पनि प्रधानमन्त्री ओली शक्तिशाली भएको बताईन् । प्रधानमन्त्री ओली बलियो हुनुको कारण भने आफूनिकट नेता / कार्यकर्ताहरुलाई संरक्षण गर्नु नै भएको पनि उनको भनाइ छ ।

उनले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै असफल भएको दाबी गरिन् । कोइरालाले भनेकी छिन्, ‘उहाँहरु टेष्टेड भैसक्नुभयो ।’

पार्टी सभापतिविरुद्ध वरिष्ठ नेता पौडेल समूहले तयार पारेको विरोध पत्रमा आफूले पनि हस्ताक्षर गरेको स्विकार्दै उनले त्यो गरेर आफूले गलत गरेको स्विकारिन् ।

कोइरालाले भनेकी छिन्, ‘सभापतिविरुद्ध यसरी पत्र दर्ता गराउनु गलत भयो । मैले हस्ताक्षर त गरें । तर, मेरो यसमा असन्तुष्टि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?