advertisement

आजको छलफलमा दाहालले यो विषयलाई जोड दिएर उठाएको स्रोतले जनाएको छ । तर अध्यक्ष ओलीले भने पार्टी एकताको भावनालाई खण्डित हुने गरी भागवण्डा गर्न उचित नहुने अडान लिएको स्रोतले जनाएको छ ।

साथै दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठन गर्दा फेरिने मन्त्रिहरुको संख्या र मन्त्रालयका बारेमा पनि कुरा मिलेको छैन् ।

अध्यक्ष दाहाल भने अधिकांश मन्त्रीहरु फेरेर नयाँ अनुहार ल्याउने रणनीति अनुसार छलफलमा केन्द्रित भएका थिए । अध्यक्ष ओलीले भने आफ्नो टिम सहज हुने गरी परिवर्तन गर्न चाहेको बुझिएको छ ।

गत ६ भदौ यता आधा दर्जन पटक मन्त्रिमण्डल पुनर्गठनकै विषयमा नै केन्द्रित रहेर दुई अध्यक्षबीच छलफलमा भए पनि निष्कर्ष भने निस्कन सकेको छैन ।

" /> ओली–प्रचण्ड छलफल निष्कर्षहिन - Sarbocha Media

ओली–प्रचण्ड छलफल निष्कर्षहिन

`

     २०७७ आश्विन १२ गते १०:०४

काठमाडौं, १२ असाेज । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको सोमबारको छलफल पनि बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा साढे दुई घण्टा चलेको छलफलले कुनै पनि निष्कर्ष निकाल्न नसकेको स्रोतले जनाएको छ ।

दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठनकै विषयमा मुख्य केन्द्रित रहेर छलफल भएको भए पनि उक्त छलफल कुनै पनि टुंगोमा पुग्न नसकेको हो ।

वालुवाटार उच्च स्रोतका अनुसार आजको छलफलमा मन्त्रालय बाँडफाँडमा समुहगत भागवण्डा हुने विषयले समेत प्रवेश पाएको छ । अर्थात पार्टी एकीकरण अघि एमाले र माओवादी समुहका लागि निर्धारण गरिएको ६०–४० को अनुपात अनुसार मन्त्रिहरु समावेश गर्नु पर्ने प्रस्ताव दाहालले राखेका थिए ।

advertisement

आजको छलफलमा दाहालले यो विषयलाई जोड दिएर उठाएको स्रोतले जनाएको छ । तर अध्यक्ष ओलीले भने पार्टी एकताको भावनालाई खण्डित हुने गरी भागवण्डा गर्न उचित नहुने अडान लिएको स्रोतले जनाएको छ ।

साथै दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठन गर्दा फेरिने मन्त्रिहरुको संख्या र मन्त्रालयका बारेमा पनि कुरा मिलेको छैन् ।

अध्यक्ष दाहाल भने अधिकांश मन्त्रीहरु फेरेर नयाँ अनुहार ल्याउने रणनीति अनुसार छलफलमा केन्द्रित भएका थिए । अध्यक्ष ओलीले भने आफ्नो टिम सहज हुने गरी परिवर्तन गर्न चाहेको बुझिएको छ ।

गत ६ भदौ यता आधा दर्जन पटक मन्त्रिमण्डल पुनर्गठनकै विषयमा नै केन्द्रित रहेर दुई अध्यक्षबीच छलफलमा भए पनि निष्कर्ष भने निस्कन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?