advertisement

त्यसपछिका दुई वर्षमा ६५ वटा विद्यालयहरू खुलेका थिए जसले खुला प्रवेशद्वार, अग्ला भवनका छाना र प्रयोग नगरिएका पानी जहाजलाई पनि पढाउनमा प्रयोग गरिएका थिए। बीबीसीको सहयोगबाट

" /> विश्वले १०० वर्ष अगाडि नै कोरोना जस्तै महामारी झेलेको थियो ! - Sarbocha Media

विश्वले १०० वर्ष अगाडि नै कोरोना जस्तै महामारी झेलेको थियो !

`

     २०७७ आश्विन १२ गते ६:४०

एजेन्सी, १२ असोज । विश्वले अहिलेको जस्तो महामारी एक सय वर्ष अगाडि नै झेलेको जनाइएको छ ।

त्यो बेला घातक क्षयरोगले ठूलो क्षति निम्त्याइरहेको थियो। जसको खोप विकास भएको थिएन। त्यो सयममा विद्यार्थीहरूको सिकाइ प्रभावित नहोस् भनेर उनीहरूलाई सुरक्षित रूपमा विद्यालयमा फर्काउनुपर्ने समस्या भएको थियो। जुन अहिले पनि भइरहेको छ ।

२० औँ शताब्दीको शुरूमा क्षयरोगले युरोप र अमेरिकामा प्रत्येक ७ जनामध्ये एकको ज्यान लिएको अमेरिकी सङ्क्रामक रोग नियन्त्रण निकाय यूएस सेन्टर फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ।

बेल्जियम र जर्मनीमा सन् १९०४ मा खुला विद्यालय शुरू भएका थिए र प्यारिसमा सन् १९२२ मा पहिलो अन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । क्षयरोगको खोपको विकास सन् १९२१ मा मात्रै भएको थियो र त्यसको वर्षौँपछि मात्रै त्यो विश्वभर उपलब्ध भएको थियो।

खुल्ला स्थानमा शिक्षा दिने अभियान लिग फर ओपन एअर एजुकेशनको पहिलो अन्तर्राष्ट्रिय कङ्ग्रेस सन् १९२२ मा प्यारिसमा आयोजना गरिएको थियो।

द न्यूयोर्क टाइम्स अखबारका अनुसार रोड आइलेण्ड राज्यका दुई जना चिकित्सकहरूले सुझाव दिएपछि सन् १९०७ मा संयुक्त राज्य अमेरिकामा त्यस्ता विद्यालयहरू सञ्चालनमा आएका थिए।

advertisement

त्यसपछिका दुई वर्षमा ६५ वटा विद्यालयहरू खुलेका थिए जसले खुला प्रवेशद्वार, अग्ला भवनका छाना र प्रयोग नगरिएका पानी जहाजलाई पनि पढाउनमा प्रयोग गरिएका थिए। बीबीसीको सहयोगबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?