काठमाडौं, ११ असोज । मन्त्रिपरिषदको बैठक मध्याह्न १२ बजे बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषदको बैठक बस्नेबारे जानकारी दिएका हुन् ।

सामान्यतया मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।




