advertisement

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४० पुगेको छ । अहिलेसम्म ९ लाख ४४ हजारको पीसीआर परीक्षण गर्दा ६७ हजार ८ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमध्ये ४९ हजार ९ सय ५४ जना निको भएका र १७ हजार ४ सय १४ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> कोरोनाबाट थप चार जनाको मृत्यु - Sarbocha Media

कोरोनाबाट थप चार जनाको मृत्यु

`

     २०७७ आश्विन ०८ गते ८:५३

काठमाडौं, ८ असोज । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप चार जनाको ज्यान गएको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचार गराइरहेका कपिलवस्तु बुद्धभूमि नगरपालिका–६ का ५० वर्षका पुरुष र नवलपरासीको रामग्राम नगरपालिका–३ का ४९ वर्षका पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

यस्तै सप्तरीमा होम आइसोलेशनमा बसेका ५५ वर्षका पुरुषको आज बिहान ज्यान गएको छ । यसैगरी डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षका पुरुषको गए राति डडेल्धुरा अस्पतालमा ज्यान गएको अस्पतालले जनाएको छ ।

advertisement

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ४४० पुगेको छ । अहिलेसम्म ९ लाख ४४ हजारको पीसीआर परीक्षण गर्दा ६७ हजार ८ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जसमध्ये ४९ हजार ९ सय ५४ जना निको भएका र १७ हजार ४ सय १४ जना आइसोलेशनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?