काठमाडौं, ६ असोज । सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घटेको छ ।
सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य घटेर मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएको छ ।

मंगलबारका लागि महासंघले तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९५ हजार तोकेको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको बताइएको छ ।




