advertisement

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ । २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

" /> नेपालमा ४० हजार बढीले काेराेनालाई जिते, आज मात्रै १ हजार ६२ डिस्चार्ज - Sarbocha Media

नेपालमा ४० हजार बढीले काेराेनालाई जिते, आज मात्रै १ हजार ६२ डिस्चार्ज

`

     २०७७ भाद्र ३० गते १२:२७

काठमाडौं, ३० भदाै ।  नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ६२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ६१ हजार ७८० परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा १० हजार ३७५ पीसीआर परीक्षण भएका छन् ।

advertisement

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार २५० जना रहेका छन् । त्यसैगरी सकृय संक्रमितको संख्या १५ हजार ७७९ जना रहेको छ । २४ घन्टामा थप ११ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?