काठमाडौं, ३० भदौ । कोरोना भाइरस संक्रमण रोकथमका लाग लगाइएको लकडाउनका कारण लामो समयसम्म व्यवसाय बन्द रहेको सैलुन व्यवसायीहरु काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् ।
व्यवसाय बन्द भएपछि मर्कामा परेको भन्दै सैलुन व्यवसायीहरुले प्रदर्शनमा उत्रिएका हुन् । मंगलबार बिहान ‘संयुक्त नाइ संघर्ष समिति’को ब्यानरमा ललितपुरको पाटनदेखि काठमाडौंको माइतीघर मण्डलासम्म प्रदर्शन गरिएको छ ।

देशभरका सबै सैलुन र ब्युटी पार्लर खोल्न पाउनु पर्ने उनीहरुले माग गरेका छन् । उनीहरले श्रमिकहरुलाई लकडाउन अवधिभरको राहतको व्यवस्था गर्नुपर्ने, बैंकको ब्याजदर मिनाहा हुनुपर्ने, पसल तथा कोठा भाडा मिनाहा हुनुपर्ने लगायतका माग गरेका छन् ।




