काठमाडौं, २९ भदौ । ओम्नी समूह कालो सूचीमा परेको छ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयका अनुसार स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको छ ।
सरकारले ओम्नीलाई कालोसूचीमा नराखेको भन्दै चौतर्फी दबाब परेको थियो । स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो।




