advertisement

चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको र अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालनी गरेको उनको भनाइ छ ।

" /> नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्छौ : प्रधानमन्त्री ओली - Sarbocha Media

नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्छौ : प्रधानमन्त्री ओली

`

     २०७७ भाद्र २९ गते ४:३२

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् ।

प्रधानमन्त्री ओलीले यस अवसरमा बालबालिकाको हक–हित संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको भन्दै नेपाललाई ‘सडक बालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने नीतिमा सरकार अगाडि बढिरहेको बताएका छन् ।

‘यस वर्ष हामीले ‘विपद्मा बाल अधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ देशव्यापी रुपमा बाल दिवस मनाउँदै छौं,’ प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘सरकारले बालबालिकाको हक, हित र उनीहरुका अधिकारको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ ।

advertisement

चालु पन्ध्रौं आवधिक योजनाले बाल अधिकार सुनिश्चित बालमैत्री समाजको परिकल्पना गरी कार्यान्वयनमा अग्रसरता लिएको र अभिभावक गुमाएर अनाथ भएका र आधारभूत आवश्यकता पूरा हुन नसकी सडकमा बेवारिसे जीवन विताइरहेका बालबालिकाको राज्यले संरक्षकत्व ग्रहण गर्ने काम थालनी गरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?