advertisement

विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन।गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्।

" /> इजरायलमा चाडपर्वकै बेला कम्तीमा तीन हप्तासम्म लकडाउन - Sarbocha Media

इजरायलमा चाडपर्वकै बेला कम्तीमा तीन हप्तासम्म लकडाउन

`

     २०७७ भाद्र २९ गते ३:०३

एजेन्सी, २९ भदौ । इजरायलमा आउँदो शुक्रवारदेखि शुरू हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म हुने भएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको जनाएको छ।

प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण चर्को मूल्य चुकाउनुपर्ने बताएका छन्। इजरायलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

करिब ९० लाख जनसङ्ख्या रहेको इजरेलमा पछिल्ला सातामा दैनिक तीन हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका छन्। आइतवार एउटा टेलिभिजन सम्बोधनका क्रममा प्रधानमन्त्री नेतन्याहुले त्यो बढेर दैनिक चार हजारसम्म पनि पुगेको बताए।

पहिलो लकडाउनभन्दा कडा हुने भनिएको दोस्रो लकडाउनमा १० जनाभन्दा बढी व्यक्ति घरभित्र भेला हुन पाउने छैनन् तर घरबाहिर २० जनासम्म त्यसरी भेला हुन पाउने छन्।

advertisement

विद्यालय तथा किनमेल केन्द्रहरू बन्द रहने छन् भने कार्यस्थल जान पाउनेबाहेक घरदेखि ५०० मिटर टाढा जान पाइने छैन।गैरसरकारी तथा व्यापार व्यवसाय खुला रहने छन् तर ग्राहकहरू छिर्न पाउने छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?