advertisement

भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको छ।

" /> सिन्धुपाल्चोक पहिरो अपडेट : एक जना महिलाको शव भेटियो, १७ अझै बेपत्ता - Sarbocha Media

सिन्धुपाल्चोक पहिरो अपडेट : एक जना महिलाको शव भेटियो, १७ अझै बेपत्ता

`

     २०७७ भाद्र २८ गते ३:१३

सिन्धुपाल्चोक, भदौ २८ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुम्थाङको नाग्पुच्छे र भीरखर्क पहिरोमा बेपत्ता भएकामध्ये एक जना महिलाको शव भेटिएको छ ।

शवको सनाखत हुन बाँकी नै रहेको जनाइएको छ । १७ जना अझै बेपत्ता भएका छन् । शनिबार राती २ बजेर ४६ मिनेटमा बस्तीमाथिबाट आएको पहिरोले घुम्थाङको १८ घर बगाएको हो । घरका सबै सदस्य बेपत्ता भएका छन् ।

advertisement

भीरखर्कका १०, नागपुच्छेका ८ घर र किम्बे गाउँमा पहिरोले बगाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार बेपत्ताहरुको खोजी र उद्धारको कार्य जारी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?