advertisement

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९ः४५ बजे ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ती पुरुषको भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।

" /> ललितपुरको अस्पतालमा ३ कोरोना संक्रमितको ज्यान गयो - Sarbocha Media

ललितपुरको अस्पतालमा ३ कोरोना संक्रमितको ज्यान गयो

`

     २०७७ भाद्र २७ गते ६:१९

काठमाडौं, २७ भदौ । ललितपुरका अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको ज्यान गएको जनाइएको छ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ज्यान जानेमा दुई जना भक्तपुरका र एक जना काठमाडौंका छन् । पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुषको आज बिहान ज्यान गएको छ । भदौ १९ गतेदेखि अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान २ बजे ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

advertisement

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९ः४५ बजे ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ती पुरुषको भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?