काठमाडौं, २७ भदौ । औषधि व्यवस्था विभागले स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगलाई कारबाही गरेको छ । गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने उक्त उद्योगहरुलाई कारबाही गरेको विभागले जनाएको छ। कारबाहीमा काठमाडौंका ४ र भक्तपुरको १ गरी ५ वटा उद्योगहरु परेका छन् ।
विभागले ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएकोले स्यानिटाइजर उत्पादन गरेका उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारीगरेको जनाइएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंका ४ र भक्तपुरका १ गरी पाँच वटा उद्योगले ह्याण्ड सेनिटाइजरमा मेथानोल प्रयोग गरेको पाइ हुँदा कारबाही गरेको हो ।
मेथानोल भेटिएपछि भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्याण्ड सेनिटाइटर, काठमाडौंस्थित हाइजीन सोप एण्ड केमिकल प्रा।लिको इन्सटेन्ट ह्याण्ड सेनिटाइजर ओरिजलन, आधार केमिकल्स एण्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्स सेनिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्याण्ड स्यानिटाइजर कारबाहीमा परेको हो ।

विभागले सर्वसधारणलाई ती स्यानिटाइजरहरु प्रयोग नगर्न सूचनामार्फत आग्रह गरेको छ ।




