काठमाडौं, २७ भदौ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल १ नम्बर प्रदेश समितिले केहि महत्वपूर्ण निर्णयहरु लिएका छन् ।
प्रदेश समितिले कोरोनाको आतंक देखाएर साम्राज्यवादले विश्वसमाजको जनजीवन अस्तव्यस्त बनाएको र नेपालका सर्वहारा श्रमिकको जीवनस्तर झन झन कष्टकर बन्दै गइरहेको तथा हत्या हिंशा बलात्कार र मानवीय मुल्यमान्यता समेतमा ह्रास आएकोले विशेष गरी दलित र महिलामाथि चरम अत्याचार हुँदा समेत राज्य सरकार पूरै बेखबर रहेको प्रति घोर भत्र्सना गरेको छ ।
उक्त विषयमाथि प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने जनाइएको छ । बैठकले पार्टीको कार्यदिशा, रणनीति र कार्यनीति वैज्ञानिक र सहि ठान्दै पार्टी प्रेश गरेका मोहन लकान्द्रीलाई स्वागन गरेका छन् । उनलाई केन्द्रीय कार्यलयको परामर्शमा प्रदेश समितिमा चयन गरीएको छ ।

अरु भुपाल साम्पाङ, मिलन अधिकारी र मोहन लकान्द्री लगायत ११ जना समितिमा चयन गरिएको छ । पाल १ नम्बर प्रदेश समितिको बैठक संयोजक राजकुमार डिङमाङको अध्यक्षतामा भदौ २२ गते बसेको थियो ।





