advertisement

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ ।

त्यहाँ संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

" /> भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, प्रत्येक घण्टा ४ हजार नयाँ संक्रमित फेला - Sarbocha Media

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, प्रत्येक घण्टा ४ हजार नयाँ संक्रमित फेला

`

     २०७७ भाद्र २५ गते १:४२

काठमाडौं, २५ भदौ । भारतमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँ संक्रमणको नयाँ रेकर्ड बनिरहेको छ।

त्यस्तै आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बिहीबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको तथ्यांक बाहिर आएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ ।

advertisement

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको छ ।

त्यहाँ संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?