कस्तो सरकार मेरो देशको भनेर धिकार लागेर आउछ । यहाँत केही आपाति आइपर्यो भने जनाताले नै धान्नुपर्ने सरकारको भूमिका त केही पनि छैन । एउटा घाउ निको हुन नपाउदै अर्को घाउ निस्कन्छ यहाँ। ७२ सालको भूकम्पले दिएको घाउको दुखाइ अझै छ त्यसमाथि कोरोना थपियो । देशको केही ठाउँको गाउँनै बाढी पहिरोले बगाएको छ ।

जनाताले जनतालाई नै कति ठाउँमा मलम लगाउने ? कति ठाउँमा पुग्ने जनाता सरकार ? तिम्रो भूमिका केही छैन देशका लागि । जता ततै जनाताले नै गर्नुपर्ने । विविध कारण जनाता सडकको बास हुन गएको छ त्यो पनि जनताले नै हेर्नुपर्ने । अलि कति त लाज मान्नु पर्छ जस्तो लाग्छ । मानवलाई सडकबाट उठाउ जनता, भोको पट भर जनता, बाढी पहिरोमा पुग जनाता । धन्न तिमीले जनता चाही समाजसेवाका भावना भएका पाएको छौ । यसमा तिमी भाग्यमानी छौ । जनताले जनतालई कति सम्म गर्ने उनले आफू भोको बसेर नी भोकाएको पेट भरेका छन् ।

तिमी टुलुटुली हेरीरहन कसरी सकिराका छौ? । लकडाउन निषेधाज्ञा लगाइ दिएको छ । यसले कति जनाता भोकले छटपटाइरहका छन् त्यस्को तथ्यांक छैन । रोगले भन्दा पनि भोकले छटपटाइरहेका छन् । केही दृश्यले जनताको मन छुनछ । तर तिम्रो छुदैन । शव जलाउने बाबा छोरी विनय जंकको टोली, कतै कलाकार पल शाहा लगायतका टोली पुगेका छन् ।

advertisement

तिमीले कोरोना भाइरसको रोकथामका लागि लकडाउन र निषेधाज्ञा भन्दा अर्को ओखती नदेख्दा यस्ले पारेको असरले हरेक गृहणीको भान्सा कठिन बन्दै गएको छ । हुँदा खाने वर्गको दिनहरु कठिन बनिरहेका छन् भने हुने खानेहरुको भान्साकोत के कुरा गरौँ?

" /> रोगले भन्दा भोकले मर्ने भयो सरकार ! - Sarbocha Media

रोगले भन्दा भोकले मर्ने भयो सरकार !

`

     २०७७ भाद्र २४ गते ७:२५

काठमाडौं, २४ भदौ । झम – झम झरीमा रुझ्दै पेट भरिरहेका छौँ । झरी मात्र होइन चर्को घाम अनि डर लाग्दो अध्यरो रातमा पनि । पेट भोकले कराइरहदा त यी सबै डर नै हराएका छन् । रुझेरै पनि पेट भर्न बाध्य भएका छौँ हामी जनता । घर भित्र बसेर खान मन कहाँ नभएको होर ? केही छैन घर भित्र खानेकुरा ।

कोरोना रोगबाट बचाउन सरकारले घरमा थुनिरहेको छ । तर के गर्ने खानेकुरा भएको भए घर भित्र नै बस्थे । तिमी आफ्नो पेट भरिरहेका छौ सरकार हामी त रोगले भन्दा भोकले मर्ने भयौं। झन अहिले त सडकमा नै गास र बास भएको छ । यो सडकको झरी र चर्को घाम भन्दैन रहेछ भोकाएको पटले त्यसैले आज यसरी पेट भरिरहेका छौ हामी जनता । यो पनि धन्न जनताले नै गरिरहेका छन् । उनीहरुले पनि कति गर्ने कोरोनाबाट सडकमा पुगेका हामीलाई हेर्ने की बाढी र पहिरोले घारबार विहिन बनाएकोलाई हेर्ने ।कस्तो सरकार मेरो देशको भनेर धिकार लागेर आउछ । यहाँत केही आपाति आइपर्यो भने जनाताले नै धान्नुपर्ने सरकारको भूमिका त केही पनि छैन । एउटा घाउ निको हुन नपाउदै अर्को घाउ निस्कन्छ यहाँ। ७२ सालको भूकम्पले दिएको घाउको दुखाइ अझै छ त्यसमाथि कोरोना थपियो । देशको केही ठाउँको गाउँनै बाढी पहिरोले बगाएको छ ।

जनाताले जनतालाई नै कति ठाउँमा मलम लगाउने ? कति ठाउँमा पुग्ने जनाता सरकार ? तिम्रो भूमिका केही छैन देशका लागि । जता ततै जनाताले नै गर्नुपर्ने । विविध कारण जनाता सडकको बास हुन गएको छ त्यो पनि जनताले नै हेर्नुपर्ने । अलि कति त लाज मान्नु पर्छ जस्तो लाग्छ । मानवलाई सडकबाट उठाउ जनता, भोको पट भर जनता, बाढी पहिरोमा पुग जनाता । धन्न तिमीले जनता चाही समाजसेवाका भावना भएका पाएको छौ । यसमा तिमी भाग्यमानी छौ । जनताले जनतालई कति सम्म गर्ने उनले आफू भोको बसेर नी भोकाएको पेट भरेका छन् ।

तिमी टुलुटुली हेरीरहन कसरी सकिराका छौ? । लकडाउन निषेधाज्ञा लगाइ दिएको छ । यसले कति जनाता भोकले छटपटाइरहका छन् त्यस्को तथ्यांक छैन । रोगले भन्दा पनि भोकले छटपटाइरहेका छन् । केही दृश्यले जनताको मन छुनछ । तर तिम्रो छुदैन । शव जलाउने बाबा छोरी विनय जंकको टोली, कतै कलाकार पल शाहा लगायतका टोली पुगेका छन् ।

advertisement

तिमीले कोरोना भाइरसको रोकथामका लागि लकडाउन र निषेधाज्ञा भन्दा अर्को ओखती नदेख्दा यस्ले पारेको असरले हरेक गृहणीको भान्सा कठिन बन्दै गएको छ । हुँदा खाने वर्गको दिनहरु कठिन बनिरहेका छन् भने हुने खानेहरुको भान्साकोत के कुरा गरौँ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?