advertisement

मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी निरन्तर चिकित्सकसँगको सम्पर्कमै थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्यमा कुनै समस्या नदेखिएका उनको भदौ १९ गते अचानक निधन भएको हो । ‘बुवाले सामान्य अवस्था झैं खान पनि खाइरहनुभएको थियो । बोलीचाली सामान्य थियो,’ उनले भने, ‘मुटुको रोग त थिएन । तर, बिहानै उठेर शौचालय जनुभयो । निस्केपछि अचानक हृदयघात जस्तो भएर उहाँ बित्नुभयो ।’

सरूवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरसमुक्त भएर घर फर्केका धेरै बिरामीमा छाती, मुटु, नशा सम्बन्धी समस्या देखिन थालेका छन् । दुई महिनाअघि नेपालमा कोरोनाका लक्षणविहीन बिरामीमात्रै थिए, उनीहरूमध्ये निकै कम व्यक्तिमा मात्रै पुनः सक्रमण भएको पाइएको छ । तर, पछिल्लो समय लक्षणसहितका संक्रमितले अस्पतालका आईसीयू बेडसमेत भरिन थालेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितको उपचारपछि घर फर्केकामा व्यक्तिमा पनि केही न केही समस्या देखिएर फेरि अस्पताल आउने गरेको उनले बताए । ‘नेपालमा कोरोनामुक्त भएका मानिसरूमाथि केही अध्ययन भएको छैन । तर, अध्यनन गर्न ढिला भइसकेको छ,’ उनले भने, ‘विदेशमा यस विषयमा विभिन्न खाले अध्ययन भैसकेको छ । त्यहाँको जस्तै अवस्था यहाँ पनि देखिन थालिसक्यो । बेलैमा यस विषयमा अध्ययन गरे भोलि पोष्ट कोरोना इफेक्टका निति नियम र निर्देशिका बनाउन सहज हुने छ ।’

विदेशी अनुसन्धानका अनुसार कोरोनाका कारण गम्भिर भएका मानिस संक्रमणमुक्त भएपछि पनि स्वास्थ्य स्थिति पहिले जस्तो सामान्य नहुने र गुणस्तर जिवनयापनमा समस्या आइरहने देखिएको उनले बताए ।

" /> कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु - Sarbocha Media

कोरोना निको भएर डिस्चार्ज भएका एक वृद्धको मृत्यु

`

     २०७७ भाद्र २३ गते २:५८

काठमाडौं, २३ भदाै । कोरोना निको भएर घर फर्किएपछि एक ७१ वर्षीय वृद्धको मृत्यु भएको छ । तार्केश्वर नगरपालिका निवासी उनको संक्रमणमुक्त भएर घर फर्केको एक सातापछि मृत्यु भएको हो । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपीएफ) मा भर्ना गरेर उपचार गरिएको थियो ।

भदौ १२ गते गरिएको पीसीआर परीक्षणको रिपोर्ट निगेटिभ आएपछि उनलाई एपीएफ अस्पतालले डिस्चार्ज गरेको थियो । साउन ३२ गते ज्वरो आएका कारण ग्रिन सिटी अस्पतालमा भर्ना भएका परीक्षण गराउँदा निमोनिया देखिएपछि कोभिड–१९ हुनसक्ने शंका गर्दै चिकित्सकहरुले उनको पीसीआर गराएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनलाई भदौ ३ मा एपीएफ अस्पताल रिफर गरिएको थियो । त्यहाँ उनको अवस्था गम्भीर भएपछि ६ दिन भेन्टिलेटरमा राखेरै उपचार गरिएको थियो ।

advertisement

मृतकका छोराका अनुसार अस्पतालबाट घर फिरेपछि उनको बुवाको अवस्था सामान्य हुँदै गएको थियो । उनी निरन्तर चिकित्सकसँगको सम्पर्कमै थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि स्वास्थ्यमा कुनै समस्या नदेखिएका उनको भदौ १९ गते अचानक निधन भएको हो । ‘बुवाले सामान्य अवस्था झैं खान पनि खाइरहनुभएको थियो । बोलीचाली सामान्य थियो,’ उनले भने, ‘मुटुको रोग त थिएन । तर, बिहानै उठेर शौचालय जनुभयो । निस्केपछि अचानक हृदयघात जस्तो भएर उहाँ बित्नुभयो ।’

सरूवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार भाइरसमुक्त भएर घर फर्केका धेरै बिरामीमा छाती, मुटु, नशा सम्बन्धी समस्या देखिन थालेका छन् । दुई महिनाअघि नेपालमा कोरोनाका लक्षणविहीन बिरामीमात्रै थिए, उनीहरूमध्ये निकै कम व्यक्तिमा मात्रै पुनः सक्रमण भएको पाइएको छ । तर, पछिल्लो समय लक्षणसहितका संक्रमितले अस्पतालका आईसीयू बेडसमेत भरिन थालेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आईसीयू र भेन्टिलेटरसहितको उपचारपछि घर फर्केकामा व्यक्तिमा पनि केही न केही समस्या देखिएर फेरि अस्पताल आउने गरेको उनले बताए । ‘नेपालमा कोरोनामुक्त भएका मानिसरूमाथि केही अध्ययन भएको छैन । तर, अध्यनन गर्न ढिला भइसकेको छ,’ उनले भने, ‘विदेशमा यस विषयमा विभिन्न खाले अध्ययन भैसकेको छ । त्यहाँको जस्तै अवस्था यहाँ पनि देखिन थालिसक्यो । बेलैमा यस विषयमा अध्ययन गरे भोलि पोष्ट कोरोना इफेक्टका निति नियम र निर्देशिका बनाउन सहज हुने छ ।’

विदेशी अनुसन्धानका अनुसार कोरोनाका कारण गम्भिर भएका मानिस संक्रमणमुक्त भएपछि पनि स्वास्थ्य स्थिति पहिले जस्तो सामान्य नहुने र गुणस्तर जिवनयापनमा समस्या आइरहने देखिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?