advertisement

“लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

" /> होला त लकडाउन र निषेधाज्ञा अवधिभरको व्यावसायिक घरभाडा मिनाहा? - Sarbocha Media

होला त लकडाउन र निषेधाज्ञा अवधिभरको व्यावसायिक घरभाडा मिनाहा?

`

     २०७७ भाद्र २३ गते ६:४४

काठमाडौं, २३ भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी झण्डै छ महिना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र धरासायी बन्दै गएको भन्दै लकडाउन र निषेधाज्ञा अवधिभरको घरभाडा मिनाहा गर्न माग गर्नुभएको हो ।

advertisement

“लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्याज पूर्णरूपमा मिनाहा गर्न र कोभिड–१९ बाट प्रभावित उद्योगी, व्यापारी बचाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धितो ऋण उपलब्ध गराउन माग गर्दछौँ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?