काठमाडौं, २३ भदौ । कोरोना महामरीको कारण स्वदेश तथा विदेशमा रहेका धेरै नेपालीहरुको बेरोजगार बनेका छन् ।
सरकारले यो महामारीको समयमा कुनै पनि दीर्घकालीन योजना नल्याउदा नेपालमा रहेको नेपाली मात्र नभइ विदेशमा रहेका नेपाली समेत आक्रोशित बनेका छन् । साउदी अरबमा रहेका नेपालीले सरकारको कार्यशैली गुनासो गर्दै साउदी दूतावास अगाडि विरोध प्रदर्शन नै गरेका छन् ।
रोजगारीको सिलसिलामा साउदी अरेयिबा पुगेर पछिल्लो समय अलपत्र परेका नेपालीहरुले सरकारविरुद्ध विदेशी भूमिबाट नै विरोध प्रदर्शन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहको छ।

उनीरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । प्रतिकुल अवस्थामा समेत आफ्ना जनता प्रति सरकार उत्तरदायी नबनेको र साउदी अरबमा रहेको नेपाली दूतावासले आफुहरुको पीडा न बुझेको भन्दै दूतावास खारेजको समेत माग गरेका छन् ।




