advertisement

‘अहिले म्याद थप गर्न पठाएका छौं’, भण्डारीले भने । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

" /> घरमै गएर युवतीमाथि बलात्कार, गौशालाका प्रहरी पक्राउ - Sarbocha Media

घरमै गएर युवतीमाथि बलात्कार, गौशालाका प्रहरी पक्राउ

`

     २०७७ भाद्र २२ गते १०:३१

काठमाडौं, २२ भदौं । घरमै गएर युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङ छन् ।

२१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीले जानकारी दिए ।

advertisement

‘अहिले म्याद थप गर्न पठाएका छौं’, भण्डारीले भने । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।

जाहेरीपछि प्रहरी उनको स्वास्थ्य परीक्षण समेत गराएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन । म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?