advertisement

प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको बताइएको छ ।

" /> स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज, गाउँलेले ढुंगामुढा गर्दा प्रहरी निरीक्षकसहित पाँच घाइते - Sarbocha Media

स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज, गाउँलेले ढुंगामुढा गर्दा प्रहरी निरीक्षकसहित पाँच घाइते

`

     २०७७ भाद्र २२ गते ५:०९

जनकपुरधाम, २२ भदौ । धनुषामा स्थानीय र प्रहरीबीचको विवादमा प्रहरी निरीक्षकसहित पाँच जना घाइते भएका छन् ।

स्थानीय र प्रहरीबीच भनाभनसँगै लाठी चार्ज भएपछि गाउँलेले ढुंगामुढा गर्दा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका २ प्रहरी र तीन जना स्थानीय घाइते भएका जनाइएको छ।

धनुषाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरमास्थित औरही खोलामा बगेर आएको सखुवाको काठ लैजाने क्रममा विवाद भएको बताइएको छ।

औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा आइतबार राति साढे १० बजेको समयमा प्रहरी र स्थानीयबीच झडप भएको जनाइएको छ।

advertisement

प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?