रुपन्देही, २२ भदौ। बाँकेमा कोरोनाबाट थप एकको ज्यान गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–९ बाँकेका ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार राति ज्यान गएको छ । उनको भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालगञ्जको न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसेका थिए । भदौ १८ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार मृतक पाँच वर्षदेखि मुटु र तीन वर्षदेखि मधुमेहका रोगी थिए ।




