advertisement

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

कृषिमन्त्री भुसालले पेट्रोलियम प्रदार्थसरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘करिब ४ महिनाभित्र गर्न सक्छौं भन्ने लागेको छ, सम्झैता भए दशकौं देखिको मलको समस्या समाधान हुन्छ ।’

" /> मल नल्याउने ठेकेदार विरुद्ध मन्त्री भुसालको ‘कठोर’ कदम : सम्झौता रद्द, धरौटी जफत - Sarbocha Media

मल नल्याउने ठेकेदार विरुद्ध मन्त्री भुसालको ‘कठोर’ कदम : सम्झौता रद्द, धरौटी जफत

`

     २०७७ भाद्र २१ गते १:४९

काठमाडौँ, २१ भदाै । समयमै मल आयात नगर्ने शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का सम्झौता सरकारले रद्द गरेको छ । भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि सरकारले ठेक्का रद्द गरी धरौटी रकम जफत गर्ने निर्णय गरिएको हो ।

शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख रुपैयाँ धरौटी जफत हुनेछ । कृषि सामग्री कम्पनीका अनुसार आर्थिक वर्ष २०७६/७७ को लागि यी दुई कम्पनीले २५/२५ हजार मेट्रिक टन ठेक्का सम्झैता गरेका थिए ।

कृषि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले शैलुङको ४ करोड ८० लाख र होनिकोको ४ करोड ८ धरौटी रकम जफत गर्ने निर्णय भएको जानकारी दिए ।

advertisement

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल कारखानाको सम्भाव्यता अध्ययन गर्न कृषि सचिव राजेन्द्र भारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।

कृषिमन्त्री भुसालले पेट्रोलियम प्रदार्थसरह विभिन्न मुलुकसँग सम्झैता गरेर मल आयात गर्नेगरी छलफल भइरहेको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । उनले भने, ‘करिब ४ महिनाभित्र गर्न सक्छौं भन्ने लागेको छ, सम्झैता भए दशकौं देखिको मलको समस्या समाधान हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?