गोरखा, २१ भदौ । गोरखा अस्पतालमा एक कोरोना भाइरसको संक्रमितको ज्यान गएको छ। उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृतकको परिवारका तीन सदस्यमा कोरोना देखिएको थियो । त्यसपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । उनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ। उनी मस्तिष्कघातकीको साथै प्यारालाइसिसको पनि बिरामी थिइन् ।

उनको शव आइसियूमै रहेको बताइएको छ ।




