एजेन्सी, २१ भदौ । विश्व स्वास्थ्य संगठनद(डब्लुएचओ)ले माक्स नलगाए पनि हुने जनाएको छ।
डब्लुएचओका अनुसार कोरोना भाइरस संक्रमणको बिरामीको नजिक नरहने व्यक्तिले माक्स लगाउन आवश्य छैन । यदि गलत तरिकाले माक्स लगाएमा उल्टै स्वास्थ्यमा समस्या आउने चेतावानी डब्लुएचओले दिएको छ ।
मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जोखिम हुने डब्लुएचओले जनाएको छ । डव्लुएचओका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्या’नले कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जोखिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुने बताएका छन् ।
मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जोखिममा हुने डव्लुएचओले जनाएको छ।




