advertisement

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको बताइएको छ ।

" /> अल्का अस्पतालकी एक कर्मचारीको हत्या, शव गोदावारी जंगलमा फेला - Sarbocha Media

अल्का अस्पतालकी एक कर्मचारीको हत्या, शव गोदावारी जंगलमा फेला

`

     २०७७ भाद्र २० गते ७:३२

काठमाडौं,२० भदौ । ललितपुरस्थित अल्का अस्पतालकी एक कर्मचारीको हत्या भएको छ ।

अस्पतालकी ३९ वर्षीय गीता केसीको हत्या भएको हो । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा फेला परेको छ ।

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसीलाई नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने जनाइएको छ ।। केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

advertisement

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?